कलम तिमी
महर्जन अमन, न्यू योर्क


घात र प्रतिधातको कसिमा
बांघेको प्रतिगामी कलम
सड़कछाप र ड़कैतहरूले रमाएको कलम
मसानमा बल्दै धुंआंस्रिएको
आगोमा हाँसेको कलम
रोदन र आंसुमा नाचेको कलम
कहिले तिमी असत्यलाई सत्य बनाउँछौ
कहिले तिमी मरणलाइ पनि जिबित तुल्याउँछौ
अन्याय र अत्याचारको कुनै लेखाजोखा छैन तिमीमा
मौलिकता र स्वाधिनताको अनुभूति छैन तिमीमा
लेख्न्नपाए पिशाचलाई पनि इश्वोरिए गुण गाउँछौ
हांस्नपाए महा संग्राममा पनि हांसिदिन्छौ
खित्का छाड़ी मसानहरु हाँस्दै जांदा
कलम तिमीलाई बडो आनंद आउँदो हो
बलात्कृत र तिरस्क्रितहरुको हृदये बिदारक करुणामा
कलम तिमीलाई स्वोर्ग नै लाग्दो हो
ब्वांसो र गिद्धको आवाज पनि तिमीलाई सुरीलो हुंदो हो
किनकी
तिमी त बर्तमान कोर्ने कलम पो हौ
सडेको, गलेको र भत्केको
"आज" लेख्नने कलम पो हौ