जुन

शरदचन्द्र शाह
काठमाण्डौ


चहकिलो जुनमा तिम्रो प्रष्ट छायाँ
उकुस मुकुस तर अप्रस्फुटित माया
तिम्रो जति छन् कुरा छिटै भनिदेउ
मेरो समय थोरैमात्र बाँकि छ बुझिदेउ

जुन उदाउने अस्ताउने क्रमशः एकनास
तर मेरा आकाँक्षा कल्पना छिटै हुँदैछन् निश्वाःस
हिजो झै आजपनि जुनलाई हेर्दैछु एकनास
तैपनि सन्देश आयो पर्दा गिर्नेछ अनायास

तर बाँकि समयमा रँगाउला बैजनी हिमाल
आउ माया रमाउँदै गाउँदै खुला छ मेरो अँकमाल
अनि अप्ठ्यारो हुँदै छटपटिँदै छातिमा गाएको गीत
ति भोला नयनले सकि नसकि कबुलेको प्रीत

जीवन त परिवर्तनशील तथा छोटो त छँदैछ
तैपनि अनन्तसम्म प्रेमगर्ने आँट त रहेकै छ
माया फेरि अमरत्व पछ्याई हाल अँगालो
फेरि ब्युँझाउ बुढो मुटुको कविताको सँगालो