जीन्दगी बितेरै गयो



गोबर्धन श्रेष्ठ
एटलाण्टा

जीन्दगी बितेरै गयो
जीउने तयारी गर्दा गर्दै
के भयो के भयो
अलमलमा नै जीवन गयो
जीउने आशा मरेरै गयो
जीउने मेलो मेसो मिलाउँदैमा
अल्झिन पुग्छु झिनो आशामा
जीउने सहाराको खोजीमा
बाँचेको त छुँ म
बाँच्ने तरिका नजानेर पनि
कतिन्जेल बाँच्ने अब
अर्कैको सहारामा
यसरी नै दिनचर्या वित्दैछ
जीउने आशामा
अब कति लम्ब्याउने हो जीवन
जीन्दगीको तयारीमा
जीन्दगी त्यसै बितेरै गयो
जीउने तयारी गर्दा गर्दै ।