जिन्दगी के हो 


बिनोद खड्का
दुवाकोट ६, भक्तपुर
हाल:  दोहा कतार
 
जिन्दगी के हो 
जिन्दगी एक नशा
केवल एक नशा हो
पियक्कडहरुका लागी ।
 
जिन्दगी के हो 
जिन्दगी एक बहार
अविरल मधुमास हो
नवविवाहितहरुका लागी ।
 
जिन्दगी एक मजा हो
केवल मस्ती हो
अनि मदहोस हो
जिन्दगीको परिभाषादेखि 
अलमलिएकाहरुका लागी ।
 
जिन्दगी के हो 
जिन्दगी एक आँधी
केवल तूफान हो 
संकट झेल्नेहरुका लागी 
यूद्दग्रस्तहरुका लागी
विपत्तिमा बाँच्नु पर्नेहरुका लागी 
न रोकिन्छ न रोक्न सकिन्छ ।
 
जिन्दगी एक द्धन्द हो 
केवल एक द्धन्द हो
पारीवारिक कलह 
झेल्नु पर्नेहरुका लागी ।
 
पीडा हो
आफु वा आफनाहरुका
जीवन रक्षाको आशामा 
अस्पताल धाउनु पर्नेहरुका लागी ।
 
जिन्दगी के हो 
जिन्दगी एक विषपान हो
अपमान पिएर 
बाँच्नेहरुका लागी ।
 
जिन्दगी केवल एक खेल हो
नेताहरुका लागी 
पासा फेक्नेहरुका लागी
दाउँ थाप्नेहरुका लागी ।
 
त्यसैले जिन्दगी 
केवल एक सम्झौता हो
बाँच्नको लागी 
बाँची रहनको लागी
बाच्ने बहानाको लागी
सबै खूसीसाथ बाँच्न सक्छन
जरुरी छैन ।