राष्ट्रियताको प्रतिकः हाम्रो झण्डा

मन्जु निरौला


अक्टोवर महिनाको ताका समाचारमा जब मुक्ति मोर्चाको गोईत समुहको कार्यकर्ताले हाम्रो देशको चन्द्र सुर्य अङ्कित त्रिकोण झण्डा जलाई रहेको दृश्य देखियो त्यसबेला कुन नेपालीको मन झस्किएन होला कुन नेपालीको मन चसक्क बिझेन होला यस्तो लाग्यो नेपालीको नाताले गल्दैछ हाम्रो एकता अनि अखण्डता । विखण्डन हुँदै छ देशको सार्वभौमिकता । सबैको प्रतिकि्रया गोईत समुहले निन्दनीय काम गर्याे भन्ने रह्यो । नेताहरुमा नैतिकता भईदिएको भए जनतामा एकता अनि सचेतता भई दिएको भए यस्तो घटना कदापी हाम्रॊ देशमा हुने थिएन । झण्डा जल्दै रह्यो हामी तमासे भई जल्दै गरेको झण्डा हेरि रह्यौ । कस्तो दुर्दशा विडम्बना लाचारपन झण्डा जलाउने लाई सजायँभागी पनि बनाउन सकेनौ । प्रजातन्त्रको नाममा छाडातन्त्र आई अधोगति हुँदा पनि सचेत नहुँदा यस्तो दिन देख्नुपर्याे । सातदलको प्रशासनमा शानमान दण्डभेद कानुन सम्मान नरहेको प्रष्ट देखिन्छ । सँसारभरका नेपालीहरुले १६४ प्रतिकि्रया पठाई मेरासँसारमा आफ्नो मनको भडाँस पोखे गोईत समुहलाई गाली गर्नुसम्म गरे । झण्डा चोरस्तामा जल्द्रै रह्यो नेपालीहरु सबैले रातो चन्द्र सूर्य अङ्कित झण्डा भष्म भएको हेर्दै गए ।

रातो रङ्गमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो देशको प्रतिक गौरव गरिमाको उँचाई हो । झण्डा अगाडि हाम्रो मस्तक झुक्छ । चन्द्र सूर्य अटल अजर भए झै नेपालीको शानमान अटल अजर अमर छ । हाम्रो त्रिकोण झण्डा परदेशमा हुँदा जता हामी झण्डा नेपालको देख्छौ देश हाम्रो सामिप्य रहेका अनुभूति हुन्छ । न्यूयोर्कको रकफेलर प्लाजामा नेपालीले झण्डाको समुहमा नेपाली आँखाले आफ्नो देशको झण्डा खोज्छ सँयुक्त राष्ट्र् सँघको अगाडि फहराई रहेको झण्डाले शरीरमा देशप्रतिको राष्ट्यिता जगाई दिन्छ । शरीर हाम्रो परदेशमा रहे ता पनि हाम्रो आत्मा सदैव देशमा रुमल्लिई रहेको हुन्छ । हामी प्रवास प्रति वफादार रहन्छौ भने देशप्रति हामी ईमान्दार रहन्छौ । आफ्नो मातृभूमिलाई आँखाको नानीमा राखेका हुन्छौैं । राष्ट्रि्यताको प्रतिक हाम्रो झण्डा जलेका दृश्य देख्दा नेपालीको मन कल्पियो । विवशताको नाममा विदिर्ण जलेका झण्डा हेर्न हामीले बाँच्नु पर्या । रातो तुलमा बनाईएको चन्द् सूर्य अङ्कित झण्डाप्रति हामी भावुक छौ । पिरय सम्पदा देशको प्रतिक झण्डा गोईत समुहले जलाउँदा नेपाली आहत भए । देशको बदलिँदो परिस्थितिमा देश दिशाहीन भई भौंतारिदा देशको शान आनमानको प्रतिक झण्डा जलेको हेर्नु पनि नेपालीको दुर्भाग्य हो । राजालाई गद्दिविहिन बनाउन सक्ने नेताहरुले किन उक्त समुहलाई सँजाय भागी बनाउन सकेन । यदि बाहिरी तत्व हो भने किन कारवाही गरिएन आज झण्डा नै जलिरहेछ । भोलि देश जलेको पनि हामीले हेर्न बाध्य हुनुपर्ने हुन्छ । नेपालीको भाग्य जलेको हेर्ने दिनपनि आउन सक्छ । ९ ११ पछि अमेरिका भरि नै झण्डा घरैपिच्छे गाडीमा आँगनमा राख्ने लहर आयो । देशमा आईपरेको धनजनको क्षतिमा अमेरिकीहरु साथमा छन् । ट्विन टावरपे_िन्सलभेनिया पेण्टागनमा भएको क्षतिले सम्पूर्ण अमेरिकीलाई चोट पुगेको छ । यस्तो राष्ट्रि्यताको लहर आयो न्यूयोर्क शहर त निलो रातो सेतो रङ्गको झण्डाले भरिपुर्ण थियो । हृदयमा परेको गहिरो चोटलाई राष्ट्रिय झण्डालाई आत्मसात गरि सहानुभूति प्रकट गरे ।

९ ११ पछि सबै अमेरिकी एक भए दुःख प्रकट गरे । झण्डालाई आत्मसात गरि राष्ट्रि्य एकताको परिचय दिए । लुगा कपडा सम्पुर्ण सामानहरु झ्ण्डाको मार्का दिएर घरैपिच्छे अमेरिकीहरुले आफ्नो देशको अनुभूति प्रकट गरे । झण्डालाई आधार बनाई आफ्नो ऐक्यबद्धता प्रकट गरे ।

हामी प्रवासी बनेपछि थाहा लाग्यो राष्ट्रि्यताको प्रतिक झण्डाको कति महत्व हुँदो रहेहछ । यो महाद्विपमा हाम्रो पहिचान नै के हो भन्दा हाम्रो सँस्कृति भाषा अनि राष्ट्रिय झण्डा । ईमिग्रेशनका शहरमा हामीपनि मेल्टिङ्ग पटमा पग्लिई सक्यौ । तर आफ्नोपन कायम राख्न कोशीस गर्छाै । नेपाली झण्डा घरमा राख्छौ । गाडीमा झण्डाको स्टिकर टाँस्छौ देवी देवताको पूजा आराधना गर्छैा ।

ईमिग्या्रण्टले भरिएको यो देशमा जून महिनाको अन्तिम सप्ताहमा क्यारेवियन पर्व पर्छ । जमैका टि्र्निडाड बहमाज डोमिनिकन् गायना ग्रेनाडा आदि ईमिग्य्राण्टले त्यो दिनको पर्व मज्जाले आफ्नो देशको झण्डैझण्डाको अङ्कित सामान प्रयोग गरेर आफनो देशको परिचय दिदै आफ्नो पहिचान कायम राख्ने प्रयास गरेको देख्दा आफुलाई खुशी लाग्छ । देशप्रतिको माया कायम रहेको देखिन्छ ।

न्यूयोर्कको म्यानह्याटनमा क्यारेवियनहरुले आफ्नो देशको झण्डा फहराएर सडकभरि नाचगान गरेर जुलुस निकाल्छन् । आफ्नो पहिचानको परिचय गराउँछन् । वासिङ्गटन डिसीमा जर्जिया एभेन्यूको सडकमा सम्पुर्ण क्यारेवियनहरु आआफ्ना् देशको झण्डा लिई झाँकि प्रदर्शन गरि शहरमा नाचगान सहित परिक्रमा गर्छन् । वर्षाैसम्म अमेरिका रहेता पनि आफ्नो पहिचान गराउँछन् । झण्डाको सहारा लिन्छन् । आफ्नो देशप्रति गौरवान्वित बन्छन् ।

तर आफ्नै देशमा केहि समुहले आफ्नो देशको झण्डा जलाई रहेको देख्दा सुन्दा आफु अपमानित भएको महशुस गरेको छुँ । विविध देशमा विरोधी समुहले अरु देशको झण्डा दहन गरिएको सुनिएको छ । तर आफ्नो देशमा आफ्नै नेपाली समुदायले झण्डा जलाउनु निर्लज्जताको प्रतिक ठान्दछु । विरोध विद्रोह अभिव्यक्त गर्ने के यो नै तरिका हो त अनियन्त्रित प्रजातन्त्रको परिचय दिएनन् त नेपालीले खुकुरीले गोरखालीको बहादुरीको परिचय दिएको छ भने हाम्रो राष्ट्रि्य झण्डाले नेपालीको गरिमा बढाएको छ । हाम्रो परिचय सँसारभर दिई रहेको छ । यहि गरिमा राष्ट्रि्रयताको प्रतिक झण्डा जलाइर चार जात छत्तिस वर्णको फुलवारीमा आशिँक नेपालीले आफ्नो गद्यारीको परिचय दिएको स्पष्ट हुन्छ ।