गीत
जीवन साथिको बियोगमा
राजु तुलाधर
काठमाण्डौँ, नेपाल
चुलिन चाहने इच्छाका लहरा बिचैमा चट्ट चुडिन गो
नियतिको बरा चलन छ यस्तै यसलाई बदल्न सक्छ र को ?
हावा उस्तै छ, पानी उस्तै छ, उस्तै छ फुल्दै झर्ने फूल
मेरो फूल कठै, फक्रन नपाई कोपिलामै झर्न गो
अब त उनी कता हो कता म भित्र मात्र सम्झना भो !
बाटो उस्तै छ, यात्रा उस्तै छ, उस्तै निरंतर हिड़्दैछ्न यात्री
धेरै दूरको यात्रा हाम्रो हिंड्दा हिंड्दै अधुरो भो
गंतब्य पुग्ने जीवित धोको म भित्रमात्र सीमित भो !
सपना उस्तै छ, कल्पना उस्तै छ, उस्तै छ सारा तर्कनाहरू
घरि घरि झस्काउँछ यिनले को हूँ कहाँ छू बेपत्तै भो
मनै त हो नि निर्लज भिकारी थाङ्ग्नेको साथी आशै न भो !
(साथीले उमेरमै जीवन साथी गुमाउदाको चोट र बियोग प्रति मेरो हार्दिक समवेदना)
मार्च २०, २००८