जीवन अनिश्चित छ

हरि घिमिरे
काठमाण्डौं


वर्षा गयो
हिउद आउँदैछ
मनभरि पलाएका मूनाहरु अब हुर्कन्छन् कि!
मुटुका माटामा पलाएका सयपत्रि अब फक्रन्छन् कि!
सायद
आँधिबेहरी र तूफानका दिन गए
बाढिपैह्रो र उफानका दिन गए।
मन पुलकित हुन खोज्छ
हृदयका केस्रा-केस्रा रसाउन खोज्छ
अब त विषाक्त धमिलो पानि आउने दिन गए।
तर
होइन क्या रे!!
अझै आकासमा काला बादल मडारी रहेका छन
मन सन्त्रस्त छ
मुटु ढुकढुक गर्छ
मस्तिस्क शून्य छ
आशंकै-आशंकका बीचमा भविष्यको जीवन अनिश्चित छ।