जय होस
 

शेखर ढुङेल

क्यालिफोर्निया यु एस् ए


 

जय होस जय होस जय होस

मेरो जन्म भुमी नेपालको

अमर रहोस वीर शहीदका गाथा

नमेटिउन देशका सिमा रेखा

उठोस हात घर घरबाट

बनाउन नेपाललाई संसारकै खास्सा

जय होस जय होस जय होस

 

फर्फराइ रहोस चन्द्र सुर्य अँकित झन्डा

अनन्तसम्म सगरमाथा शिरमा

निधारमा लाली हातमा गुरास थालि

चम्की रहोस स्वाभिमान नेपालको

युग युग सम्म संसार माझ

जय होस जय होस जय होस

 

घन्की रहोस घिन्ताङ मादल

नाची रहोस वीर गोर्खाली खुकुरी

तराइ सिचोस हिमालले

भकारी भरोस तराइले

तोड्न नसकोस हाम्रो बन्धुत्व

कोइ बैरी परदेशिले

जय होस जय होस जय होस