लक्ष्य
निकेश घिमिरे,
आर्लिंग्टन, भर्जिनीया
सबै मानिसहरुको एक न एक लक्ष्य हुन्छ ।
दिलबहादुर एउटा सामान्य परिवारको छोरो थियो । अरुको जस्तै जिवनमा सफल बन्ने उसको पनि
लक्ष्य थियो । उसका बुवा आमा घोडामा सामान ओसारेर गाउँमै सानो तिनो ब्यापार गर्दथे
। दिलबहादुर भर्खरै १२ वर्ष पुगेको थियो र ऊ चार कक्षामा पढथ्यो । निकै चलाख र
साहसिलो भएकोले उसलाई गुरुबा-गुरुआमा र साथीभाइ सबैले मायाँ गर्थे र उसको निकै
प्रसंसा गर्थे ।
दिलबहादुरलाई घोडा चढ्ने खुब सोख थियो । घरमै तिन-चार वटा घोडा भएकोले उसको इच्छा
पुरा गर्न सजिलो थियो । उसकी आमालाई घोडासँग डर लाग्ने भएकोले कहिलेकाहीँ ब्यापारको
शिलशिलामा बुवा गाउँबाहिर गएको बेला घोडाको हेर विचार उसले नै गर्ने गथ्र्यो । दिनै
पिच्छेको उठबसले ऊ घोडासँग निकै नजिक भैसकेको थियो । उसले घोडाका सबै हाउभाउ र भाषा
पनि बुझ्न थाली सकेको थियो । एकदिन कामबाट फर्किदा उसका बुवाले ब्यापार बढाउन अर्को
नयाँ घोडा किनेर ल्याए । अग्लो र सेतो रङ्गको त्यो घोडा हेर्दा अति आकर्षक थियो तर
अलि बदमास पनि थियो । जो कोहीलाई त टेर्दै नटेर्ने । एक दिन ब्यापार गर्न जाने
बेलामा बुवाले दिलबहादुरलाई घोडामा सामान हाल्न लगाए । दिलबहादुर भित्रबाट सामान
लिएर आउँदैथ्यो घोडा त सामान देखेर लगाम फुत्काएर बेतोडले भाग्यो । दिलबहादुर पनि
घोडाको पछि पछि दौडीयो । बालक दिलबहादुर त्यस नयाँ घोडा सँगैसँगै दौडेको देखेर उसका
बुवा आमा खुब चिन्तित भए । तर उनीहरुले दिलबहादुरलाई रोक्न सकेनन् । एक घण्टा पछि त
दिलबहादुर उक्त घोडामा चढेर घर आएको देखेर उसका बुवा आमा र छरछिमेकी समेत छक्क परे
। दिलबहादुरको साहस देखेर उसका बुवा खुशी हुँदै फेरि त्यही सामान बोकेर दिलबहादुर
चढेको घोडातिर लागे । सामान देखेर त्यो घोडा फेरी बेतोडले भाग्यो ।
घोडामाथि चढेको दिलबहादुर नराम्रोसंग ढुङ्गामाथि पछारियो । ऊ रगताम्य भयो र उसलाई
निधारमा गहिरो चोट लाग्यो । घोडाको यस्तो पारा देखेर दिलबहादुरका बुवा घोडा फिर्ता
गर्न भनि घोडा बेच्ने ब्यापारि कहाँ गए । तर उनले घोडा बेच्ने ब्यापारि भेटेनन् ।
त्यहाँ भेटिएका अरु मान्छेहरुसित उनले आफ्नो दुखेसो सुनाए । तब पो थाहा भयो कि घोडा
त निकै साधु रहेछ तर रातो रङ्गसँग डराउँदो रहेछ । यसपछि उनलाई कहिल्यै त्यस घोडाले
दुखः दिएन । दिलबहादुर पनि विस्तारै ठिक भयो । घोडाबाट पछारिएको भए पनि उसको साहस
मरेको थिएन । आफ्नो सोख पनि भएको र आफ्नै घरमा घोडा भएकोले ऊ सँधै जसो घोडा चढेर
बेस्सरी कुदाउथ्यो । उसमा घोडचढिको अनुभव बढ्दै गयो र एक दिन उसलाई घोडा दौडमा
भागलिने इच्छा लाग्यो । उसले बुवा आमालाई यो कुरा सुनायो तर मनाउन सकेन किनकी ऊ घोडा
दौडमा भाग लिन निकै सानो थियो । तर उसले आफ्नो अनुभव र घोडा तहलगाउने तरिकाले
सबैलाई चकित पारीदियो । सबै कारणले ऊ घोडा दौडमा भागलिन योग्य भयो तर उमेर सानो
भएकोले १५ वर्ष नपुगुन्जेल उसले छ महिना पर्खनु पर्ने भयो । दिलबहादुरमा घोडा दौड
आफैंले जित्ने आत्मविश्वास थियो । दृढ लक्ष्यले उसको साहस अझ बढाइरहेको थियो । छ
महिनाको पर्खाइ पछि बल्ल उ त्यही सेतो घोडा लिई घोडादौड प्रतियोगिताको मैदानमा
पुग्यो । भर्खर जुँगाका रेखी बसेको सोह्रवर्षे केटो घोडा दौडमा भाग लिन आएको देखेर
अरु प्रतियोगिहरु गलल्ल हाँसे । उनीहरुले दिलबहादुरलाई जिस्क्याए पनि । यो घटनाले
दिलबहादुरको लक्ष्य अझ मजबुत बनायो । ऊ दायाँ-बाँयाँ नहेरीकन केवल आफ्नो लक्ष्य
मात्र सम्झीराख्यो । सिठ्ठी बज्यो र घोडाहरु दौडीन थाले । दिलबहादुरको घोडा अघि अघि
गएको देखेर एउटा दुष्ट प्रतियोगिले दिलबहादुरको घोडाको अघिल्तिर डोरीको पासो
फ्याँक्यो । तर सँयोगवस सेतो घोडा त्यस पासोबाट उम्कियो र पासो फ्याक्ने कै घोडा
त्यस पासोमा परेर उत्तानो पर्यो । दिलबहादुरको घोडा कहिले अघि कहिले पछि हुँदै
अन्त्यमा सबै घोडाहरुलाई उछिन्यो र विजयी भयो । जितको साथ साथै दिलबहादुरले मान
सम्मान र पुरस्कार पनि पायो । ऊ सानै उमेरमा घोडादौडको सफल खेलाडी बन्यो र सबैतिर
लोकप्रिय भयो ।
शिक्षा - जहिले पनि हामीले दृढ लक्ष्य लिनु पर्छ र सबै काममा साहश देखाउनु पर्छ ।
भन्छन् "सफलताको मूल मन्त्र दृढ लक्ष्य नै हो ।" लक्ष्मी प्रसाद देवकोटाले भनेका छन्
- "लक्ष्य के लिनु उडी छुनु चन्द्र एक ।"