गीत


सन्तोष थपलिया
न्युयोर्क


अचम्मै संग अल्झियो मन माधुर्य रुपमा
सुटुक्कै छेड्यो नजरले तिम्रो, तीरले झैँ छातीमा !!

उज्यालो तन, उज्यालो मन, मोहनी छ आँखामा
जति हेरे नि झन हेर्रौं लाग्ने त्यो चन्द्र वदन
बतिसै दन्त खोलेर तिमि, बB Fन्ति छ हासन
सुटुक्कै छेड्यो नजरले तिम्रो, तीरले झैँ छातीमा !!

तिमि बिना गाह्रो भो बाँच्न, सताएरै मार्यौ नि
भुल्न खोजे नि झन प्यारी बनि, मुटुमै बस्यौ नि
हृदय खोलि, मायाले बोलि, तिम्रै हुँ भनन
सुटुक्कै छेड्यो नजरले तिम्रो, तीरले झैँ छातीमा !!