गीत

गीता थापा(दोषी)
ईजरायल

पहाड मा जन्मेर छाङ्गा सँग खेलेकी
साग र सिस्नु फाँपर खाएर हुर्किएकी

हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की

नाला पानी किल्ला सँग लड्ने मेरा पुर्खा
साना-साना राज्यलाई समेट्ने मेरो गोर्खा

हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की

चैतमा लाग्ने उराठ बैशाखमा फूल्ने गुराँस
साजाउँदिन चूल्ठो मा ओरपर फूल्ने पलास

हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की

जस्तो सुकै दु:ख आओस पनि आत्तिदिन
सुखले चुमोस मेरो पाइला पनि मात्तिदिन

हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की

सम्पती भन्नु आफ्नो मेरो मात्रै दया धर्म
भूल्ने छुइन कहिल्यै पनि बाउँबाजेको कर्म

हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की

गीता थापा (दोषी)
ईजरायल