गीत

.
अनुकुल प्रकाश, चितवन
.
टाढा भयौ यो ज्यानमा चट्याङ् ठुलो खस्यो
तिम्रो मायाँ मुटु भित्र काँडा बनी बस्यो !!
.
ढुकढुकिमा विताएका मिठा पलका धुन्'छ
निमेषभरमै विर्सिएछौ भनी मन रुन्छ !
बाचा कसम सबै तिम्रो पानी सँगै वग्यो
तिम्रो मायाँ मुटु भित्र काँडा बनी बस्यो !!
.
ढुङ्गै रैछ भगवान त ढुङ्गाको नै मन् छ
मुटु जल्दै दन्किएको व्यथा कस्ले बुझ्छ !
थाहै नपाई जिन्दगीमा भेलबाढी पस्यो
तिम्रो मायाँ मुटु भित्र काँडा बनी बस्यो !!
.
टाढा भयौ यो ज्यानमा चट्याङ् ठुलो खस्यो
तिम्रो मायाँ मुटु भित्र काँडा बनी बस्यो !!