गीत


दीपक जडित
एङकरेज, अलास्का


केहि छुटेछन मनका कुरा
केहि फुटेछन मनका कुरा
बिगबिगी थियो मन चोरनेकै
केहि लुटेछन मनका कुरा ।

मन छेक्ने आली नहुँदो रहेछ
मन यो खाली नहुँदो रहेछ
भर्खरै मन यो लुटिएर पनि
केहि उठेछन मनका कुरा ।

बटुलेर सबै छुटेका ति कुरा
सँगालेर राख रहर अधुरा
जोडेर त्यस्लाई
तिमी भन्न सक्छौ
केही जुटेछन मनका कुरा ।