गीत



राज राई संगम
बिगुटार - ४ सुर्के, ओखलढुंगा
हाल: यु. ए. ई., र्जाहशा

म तिम्रो मायाको छाप लिएर
प्रति बिम्ब सँगै टाढा हुँदैछु

के थियो तिम्रो त्यो भाबनामा
कसरी म आफैं बुझ्न सकौं र ?
अन्जान बन्यौ त्यती धेरै तिमी
माया गर्छौ भनी कसरी भनौं र ?

तिम्रो पिडा मलाई आफ्नै लाग्थ्यो
तिमी रुँदा म कहाँ हाँस्न सकौं र ?
आफ्नो दुख सुख बाँड्नै चाहिनौ
कसरी तिमी लाई विश्वास गरौं र ?