गीत

नरेश माङपाहाङ राई 
फोक्‍स्‍टन, वेलायत 
हाल: हेल्‍मन्‍ड, अफगानिस्‍तान 

तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो 
विझाउने काँडा मलाई निको नहुने चोट भयो

एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी 
त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी
तिमी हिड्‌ने गोरेटोमा वर पीपलको बोट भयो
विझाउने काँडा मलाई निको नहुने चोट भयो 

हाते मालो गरी गरी खोला खोल्‍छी तर्‍यौ 
सम्‍झना भई त्‍यही माया आँसु बनि झर्‍यो 
तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयो
विझाउने काँडा मलाई निको नहुने चोट भयो