गीत



नरेश माङपाहाङ राई
फोक्‍स्‍टोन वेलायत
हाल: अफ्‍गानिस्‍तान


सृष्‍टि गरि ईश्‍वर किन दिन्‍छौ दुःखी कर्म ?
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म ?

त्‍यही दुःखी मान्‍छेहरू तिम्रो पूजा गर्छन
ईश्‍वर नाम जपि जपि तिम्रो शरण पर्छन
सुखी भन्‍दा दुःखीहरूकै मनमा हुन्‍छ धर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म ?

सुख चैन सवै कुरा सुखीहरूलाई
जीउन पनि कति गाह्रो दुःखीहरूलाई
कून जूनीको श्राप हो कि भोग्‍नु पर्ने कर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म ?

सृष्‍टि गरि ईश्‍वर किन दिन्‍छौ दुःखी कर्म ?
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म ?