गीत

केशव आचार्य
बोल्डर, कोलोराडो

सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो
आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो

बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै
अनायास आज किन दिलभित्र माया फल्यो

थाहा छैन माया अझै कहाँ पुगी भेटिने हो
अँध्यारो यो जिन्दगीमा फेरी किन दीयो बल्यो

मनभरि तिमि थियौ मायाभरि पनि तिमि
विधाताले किन होला तिम्रो मेरो आँखा छल्यो