गीत


बासु ढकाल
क्यालिफोर्निया


खुसिमा संगै हांस्नु छ
पीडामा संगै रुनु छ
यही भोगाई हो जिन्दगीको
मनको मैलो संगै धुनु छ
संगै संगै हास्नु छ कहिले संगै संगै रुनु छ /
केही कुरा मेरो भन्नु छ केहि तिम्रा सुन्नू छ
थाहाई नपाई तोडिन्छ यो मन
यो मन फेरि जोडिन्छ/
तिमी कहिले आगो हुंदा
मैले पानी पानी बन्नु छ
जिन्दगीको बाटो भरी
यसै गरी संगै हिड्नु छ
संगै संगै हास्नु छ कहिले संगै संगै रुनु छ /