गीत


अनुकुल प्रकाश
चितवन,नेपाल

सम्झनाको गोरेटोमा वर-पीपल चौतारी ,
याद आउँछ सधैं मलाई मन मिल्ने दौँतरी !

आँखाभरी असार-साउन लेक बेँसी आउँछ ,
गाउँ-घर सम्झी सधैंभरी यो मन छट्पटाउँछ !
कहिले आउला गाउँदै नाच्ने असारे जुहारी ,
याद आउँछ सधैं मलाई मन मिल्ने दौँतरी !!

पोहोर साल यसै बित्यो यो साल पनि रित्तै
लर्के जोवन ढल्कने भो मुग्लानमा सित्तैं !
लौ ! कसरी चुकाउँ दैव रिनै रिनको भारी ,
याद आउँछ सधैं मलाई मन मिल्ने दौँतरि !!

सम्झनाको गोरेटोमा वर-पीपल चौतारी ,
याद आउँछ सधैं मलाई मन मिल्ने दौँतरी !