गीत



पल्पसा, शिकागो
 

मेरो माया उनैलाई सँधै भरिलाई
मनभरी माया बोकी कुरि बस्नेलाई

मैले फेर्ने सास पनि उनकै लागी हो
मैले छर्ने मुस्कान सबै उनकै मात्र हो

मेरो माया उनैलाई जुनी भरिलाई
आफ्नो सम्झी मेरो बाटो हेरी बस्नेलाई

आफ्नो भाग्य जोडेको छुं उनकै भाग्यमा
यो जिन्दगी बिसाई दिन्छु उनकै आडमा

मेरो माया उनैलाई सातै जुनिलाई
तिम्रो लागी ज्यान दिन्छु भन्ने मान्छेलाई