गल्ती

श्रीजन अनिमेश
भर्जिनिया


तिम्रै लागि रोएपनि ज्यान मेरै सुक्ने रैछ
नजिक मेरो भएपनि माया तिम्रै टाढा रैछ
तिम्रैलागि सोच्तासोच्तै पागल मैले हुनु रैछ
अरुसँग हिंड्दा पनि नदेखेझै गर्नु रैछ

तिमीलाई नदी माया भन्दा खहरे नै प्यारो रैछ
तिमीलाई आफ्नो ठान्नुनै मेरै ठुलो भूल रैछ
जोगाउने त काडाले हो तर सबैलाई फूलै प्यारो रैछ
के मा कुन्नी के भयो खै आखिर रुनु मलाई रैछ

झारको फूल लाइदिदानी कत्ति खुशी हुन्थ्यौ पहिले
फक्रिएको सयपत्री नि च्याती फाली दिन्छौ अहिले
मैले होइन सानु पहिले तिमीले नै कर गर्यौ
जब सुरु गरेँ तिमीले किन छल गयौ

सीमा नाघी ठाटिएर तिमीलाई हिंड्नु रैछ
कमलो यो मेरो मनलाई भताभुंग पार्नु रैछ
कति सोझो बनें सानु विश्वाश गरेँ तिमीलाई धेरै
अनायसै माया दिनु ठान्छु ठुलो गल्ती मेरै

तिमी टाढा गएपनि खेद मैले किन गर्नु
शान्ति मन हुनेथ्यो कि कारण जान्न पाए सानु
सुख पायौ भने कहिल्यै बिर्सिएर नि नहेर्नु है
दु:ख पायौ भने चाँही गएकै बाटो फर्किनु है

बिबस म आँफै थिए नपुर्यौने तिम्रो धोको
अझै तिम्रै पिर लाग्छ भएपनि बलिको बोको
म त फूल ओिलाई गए तिमी सधैं तारा हुनु
राम्रै गर्यौ तिमीले सानु मेरो साथ पर्थ्यो रुनु