गजल
 


बिनोद खड्का 
हाल - दोहा कतार 
 
 
 
तिमि
यसै दर्द बनी छाईदिदा पनि आफ्नी  
मधुर स्पर्श बनी आईदिदा पनि आफ्नी  
 
तिम्रा श्वरको जादुका कुरा के गरौ लौ अब  
तिमीले अरुकै गीत गाईदिदा पनि आफ्नी  
 
तिम्रा ती नजरका नसाको कुरा कती गरौ  
लौ मदिरा बनाई पिईदिदा पनि आफ्नी  
 
नजर अन्तै लगाईछ्यौ अर्कैकी भईछ्यौ  
असहनीय पीडा बज्रिईदिदा पनि आफ्नी  
 
बाँकी के थियो उही एक लासै अघी बड्यो  
हाँस्यौ बेस्सरी रे निर्लज्ज भईदिदा पनि आफ्नी