गजल



अनुकुल प्रकाश
चितवन

फूर्न नपाई भाकाहरु गीत चोर्यौ प्रकाशको
विनाखबर किन? प्रिया प्रीत चोर्यौ प्रकाशको

पहिलो भेटमै नशालु ति नयनले प्रहार गर्दा
बनाएर वेहोशी जाग्रित चोर्यौ प्रकाशको

हार जीत हुन्न भन्छन सबैजना पिरतिमा
रीत तोडी पिरतिको जीत चोर्यौ प्रकाशको

ह्रीदयले पिरतिको मिठो भाका गाउँदै थियो
सुस्तरिनै ह्रीदयको संगीत चोर्यौ प्रकाशको

गीत/संगित,प्रीत/जित अनी जाग्रित मात्र हैन
भोक,तिर्खा,निद्रा पनि नियमित चोर्यौ प्रकाशको