गजल

बिनोद खड्का 
हाल - दोहा, कतार 


तिम्रै
नाममा गीत गाएँ माया साँचे तिम्रै लागी
दिलमा
गाँठो पर्दा पनि केवल बाँचे तिम्रै लागी

तिम्रै खुसी तिम्रै माया हरपल उर्लिएर आउँदा
लजाएर सर्माएर पनि रोधी नाँचे तिम्रै लागी

सपनीमा विपनीमा हर एकान्तमा छायौ तिमी
माया पनि कस्तो गाढा बस्यॊ गीत रचे तिम्रै लागी

मन मोडिएको छैन प्रिय सम्झनामा तिमी नै छयौ
प्रवासको निरस यात्रा तैपनि दिल जाँचे तिम्रै लागी


२३ मे २००९

Khadkabinod02@yahoo.com