गजल


आचार्य प्रभा, बोल्डर
बोल्डर ,कोलोराडो

दु:खको भुमरी आई लागे संगै आँसु झारौँला
पीर, ब्यथा भए  पनि हाँसेर संगै टारौला

संघर्ष हो जीवन बुझे पछी बाँच्न गार्हो मान्नु हुन्न
मरुभुमी झै हाम्रो छातीमा हिम्मतको बीज सारौला

सहज् जीवन कसैको हुन्न बाधा अड्चन सबैको हुन्छ
हार, जीत को बाजिमा दु:खको सागर तारौला

मनमा आखिर जे नै होस् बाहिरी संसार हासौँला
आँधी र कुहिरोले छोपे पनि मुहार उज्यालो पारौला