गजल
 

बिनोद खड्का 
हाल - दोहा, कतार 

 
सजिएको सिउँदो देखाई मार्ने नगर  
मायाप्रेमको नाटक गरी हाँस्ने नगर  
 
मायामहल खडा गरीदिन्छु भन्ने तिमी  
झुठो मायापिरती लगाई ढाँट्ने नगर  
 
मेरो योवन तिम्रो खेल्ने फूल होईन  
सर्परुपी माया बनी सधै डस्ने नगर  
 
नशालु तीर नजरले मारी सकेपछि  
अद्धष्य भै धोकारुपी छुरी धस्ने नगर  
 
माया स्वच्छ अविरल अनन्त यात्रा हो  
एकै जन्मभित्र यसलाई मास्ने नगर  

२४ जुन २००९

Khadkabinod02@yahoo.com