गजल



मिथिला प्याकुर्याल
हाल: तोरीखेत,  भरतपुर चित्तवन ।

छतमा आइ एउटा कुरा सधैँ भन्छ चाँद मलाई
हिँड्न मेरो देश जाउँ अहिले भन्छ चाँद मलाई

एक्लै भा'छु आकाशमा नढाँटी भन न सखा
आउँछेस् झिलमिल शहर कहिले भन्छ चाँद मलाई

कसले बुझ्छ मनको पीडा हाँस्दा सबले जाती भन्छन्
बुझ्दिनस् यो मनको डाह भन्छ चाँद मलाई

आउँदिन तेरो छतमा अब भन्छ मुख फुलाउँदै
दागी भन्छु रे उसलाई सधैँ भन्छ चाँद मलाई

मैले भन्या कहाँ टेर्छेस् र भन्दै भन्छ फेरि छतमा
आउनु सधैँ साँझ ढल्नु पहिले भन्छ चाँद मलाई