गजल



भिम न्यौपाने
भरतपुर, चितवन

अपूरो मिलनको कहानी हो मेरो
 विवशतामै जिउने बानी हो मेरो

नस्विकारे तिमी मलाई तिम्रो प्रेमबागमा
सातै जुनी सम्म रानी हो मेरो

समाजले चाहे जे भने पनि तिमीलाई
कँचन कलकल बग्ने तिमी पानी हो मेरो

लाली छर्दा रवि यहाँ धर्ती जग्मगाउछ
जिबन जग्मगाउने तिमी बिहानी हो मेरो

न मुल्य चुकाई किन्न सक्छ कोही
तिम्रै लागी साँचेको जबानी हो मेरो