गजल



स्वयँवर सिंह लामा


तिमी संग रमाउन अँध्यारो रात मिठो लाग्छ
आधा रात पछिको मधुरो बात मिठो लाग्छ

कठांगि्रने शिशिर होस या उमंगको वसन्त
ऋत्यूहरुमा तिम्रो सँधै चाहात मिठो लाग्छ ।

घुम्तीहरुमा ओझेल पर्दा कहिले देखुँ लाग्ने
किन किन मलाई तिम्रो जात मिठो लाग्छ ।

चिम्लेर ती आँखा के देख्छौ सौदर्य मदिराको
पिएर हुने रक्तसन्चारमा मात मिठो लाग्छ ।

कालो देख्छ फुलको पनि हेर रंग अँध्यारोमा
मन लोभ्याउने सुवासको तागत मिठो लाग्छ ।