गजल

-मबि सिंह,  बोस्टन

 

हरेक यात्रीका गति रोक्दै  हिँड्छौ !
नजाने गाउँको बाटो सोद्धै हिँड्छौ  !

कि म पत्झडमा रम्दा असह्य भो
?
झरेका
पातमा रङ्ग पोत्दै हिँड्छौ !

सुन्दै छु आफ्नै बारेका नयाँ कथा
 
हुँदै नभएका कुरा बोल्दै हिँड्छौ   !

 आँउदा जाँदा बेवास्ता हुन थाल्यो

गल्लीमा नक्कली खोकी खोक्दै हिँड्छौ

शिर भारी भएको या भक्तीभाव
?
मूर्ती देखे जती सबै ढोग्दै हिँड्छौ  !

थोत्रो गाडीको
नयाँ सिटमा यात्रा !!

जहाँ रोक्यो त्यैं गन्तव्य खोज्दै हिँड्छौ !

भीरबाट लड्दा चोट कांहि नाई

घाईते पार्न उँचाई खोज्दै हिँड्छौ  !