गजल

भूपेन्द्र महत, कोलोराडो


आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई

सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुँ मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोषी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चढोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई