गजल


स्वयँवर सिंह लामा


भाउ खोज्दा बजारको सस्तो माल नहोस्
बोलाई, गराईमा अन्तरघाती संजाल नहोस्

पश्चिम जल्दै छ आज पानीको आभावले
पूर्व तराईमा नदी कटानले अनिकाल नहोस्

आफ्नो घरको करेसामा कौसो फलाई
पराई घरको अस्मितामा मायाजाल नहोस्

कोशी डुवानले पूर्वमा लाखौं बेघर भो
राजधानीमा राहतको फालाफाल नहोस्

बिर्सी दिउँ अब गएका अँध्यारा दीनहरु
अब फेरी ती हातहरुले बबाल नहोस्