गजल



सुषमा मानन्घर
ललितपुर


झुठो कसम खाँदै तोड्छौ भने मलाई के ?
सवै कुरा जानेर सोध्छौ भने मलाई के ?

नबुझ्नेलाई पो बुझाउन सजिलो हुन्छ
अबुझ बनी बुझ पचाउँछौ भने मलाई के ?

सवैका आ आफ्नो स्वाभिमान हुन्छ तर
बेइमानको खुट्टा ढोग्छौ भने मलाई के ?

आगो लाग्दा पोल्छतिमी राम्ररी जान्दछौ
आफैमाथि सलाई कोर्छौ भने मलाई के ?

पाप पूण्यको लेखा खै कसरी गरुँ म
इमान धर्म सवै छोड्छौ भने मलाई के ?

mdhsusma@yahoo.com