गजल


समृद्धि सायद
काठमाडौं


क्या झुर ! माने भयो साला जिन्दगी
भाँड्मा जाने भयो साला जिन्दगी

देख्दा अरुको लाग्दछ उम्दा किन ?
इर्श्याले खाने भयो साला जिन्दगी

चडछु ऊँभो भन्ठान्यो आँफैले
ऊँधो नै लाने भयो साला जिन्दगी

भएका पनि बाटो लागे क्यारे !
बेकार ठाने भयो साला जिन्दगी

कसै गर्दा पनि नभएपछि
चिलिम ताने भयो साला जिन्दगी