गजल


सामना पहाड
भानु चोक, रत्ननगर ८

जबजब तिमीबाट हुन्छन् धेरै घातहरु
अति निद्रामै वितेका छन् मेरा रातहरु

शब्द-शब्द विझ्ने गरी मुटुभित्र गर्छौ प्रहार
तब चोट सेलाउँछन् मनभित्रका मातहरु

चिनिसके तिम्रो बानी पहाड चढ्दा झर्दा
सुन्दिनँ ती कसै अब कठोर मनका बातहरु

गुम्फी आस तिमीसँगै जीवन सजाउने मेरो
लेपन गरी नदेखाऊ भो मायाका खातहरु

संघर्षमै भेट्छु म त जीवनका हर प्राप्ति
चाहिन्न भो संघर्षमा डराउने हातहरु ।