गजल



आचार्य, प्रभा
कोलोराडो

मेरो याद आए तिमि रुने नगर्नु
मनका सारा खुशीलाई धुने नगर्नु

कसलाई पो हुन्न र विछोडको पीडा
विछोडियो भन्दैमा वैरागी हुने नगर्नु

मिलन विछोड सँसारको रीत नै हो
मात्तिएर बेहोसिन विष छुने नगर्नु

बाटो एउटै सँधै हुन्न कहिले छुट्नै पर्छ
मनको आँखा भिजाएर चुहुने नगर्नु