गजल


आचार्य प्रभा
कोलोराडो, अमेरिका

किन आज टुटिगयो मीठो त्यो आश
जताततै छरपष्ट छ मान्छेहरुको लाश

कसले पो चाहन्छ र दुख अनि पीडा
रोज्दैन कसैले आँसु छाडेर मीठो मधुमास

बाँचुञ्जेल  सबैलाई नै खुशी प्यारो लाग्छ
को पो जिउन चाहन्छ र ?  बोकेर अतृप्त प्यास

आफ्नो आकाश आफ्नो धर्ती टाढा भएसरी
यस्तो लाग्न थाल्यो मनमा हुन्छौं कि बनवास ?