गजल


मिथिला प्याकुरेल
सचिव, गजल सन्ध्या
भरतपुर, चित्तवन


एउटा तारा मलाई आकाशबाट हेर्छ राति-राति
नआउजेल भानु प्यारा मलाई आकाशबाट हेर्छ्र राति

मन हुँदो हो उसको पनि सँगै बस्न प्रीतले कस्न
तर ऊ त कठैबरा मलाई आकाशबाट हेर्छ राति

एकछिन नदेख्दा मन कति आत्तिन्छ भन्छन् प्रेम गर्नेहरु
पर्खिएरै रात सारा मलाई आकाशबाट हेर्छ्र राति-राति

छटपटिन्छ आत्तिन्छ म देख्नु कति तड्पन्छ त्यो
भन्दैन तर केही विचरा मलाई आकाशबाट हेर्छ्र राति-राति

नबोलेरै काट्छ रात शीतको आँसु छाड्छ विहान
यस्तो छ जो कर्महारा मलाई आकाशबाट हेर्छ्र राति-राति