गजल



जीवन सुबेदी 'प्रणय'
भरतपुर-७, चितवन


मलाई पलपल अझै याद आईरहन्छ
त्यो मुहार चञ्चल अझै याद आईरहन्छ

सानै छँदा मीठो छ भनि तिमीले दिएको
अमीलो काफल अझै याद आईरहन्छ

दुनिया मदहोस थियो तिमीले गाउँदा
त्यो तिम्रो गजल अझै याद आईरहन्छ

चाँदनीले मलाई भेट्दा रिसाउने
त्यो कालो बादल अझै याद आईरहन्छ