गजल

होमशंकर बास्तोला
दुवेकोल, खोटांग


तिमीसँग मैले धेरै रात पिएको छु
नसाभरि यौवनको मात पिएको छु

वास्ना आउने पानीको माद चढेपछि
निष्ठुरीको दुर्वाच्य र हात पिएको छु

रहरका बाँध भत्की आँसु पोखिएर
पीडैपीडा अभावका खात पिएको छु

बैगुनीको भलो गर्न खोजे पनि यहाँ
जिन्दगीनै चुक्ने गरी लात पिएको छु

खुसी हुनु पर्ने दिन रोदनमा डुब्दा
मुटुभित्रै दुखेर पो घात पिएको छु