गजल


बिनोद खड्का
हाल - दोहा, कतार


छोटो कद हाँसकाझै चाल तिमी कस्ती राम्री
कालो वर्ण मन्द मुस्कान तिमी कस्ती राम्री ।

पहिलो भेटमै पास तान्यौ प्रेमको बर्षा नै गर्यौ
नजरमै कैद गर्यो कि ए सून्दरी तिमी कस्ती राम्री ।

तिम्रो रुपको वर्णन गरौ शव्दकै अभाव खट्कियो
शव्द कहाँवाट सापटी लिउँ तिमी कस्ती राम्री ।

पार्यौ मलाई बिल्कुल लट्ठ बनायौ आवारा भवँरा
कल्पनामा चुमाईरह्यौ सुन्दरी तिमी कस्ती राम्री ।

कल्पनाको संसारकी परी हौ या यथार्थ कि अप्सरा
कतै निष्ठूरी त भईनौ सून्दरी तिमी कस्ती राम्री ।