गजल




बिनोद अनुज


तल हुँदा बडो मित्रता थियो
शिखरमा पुगि साथि बद्लियो ।।

अब नराख मन् अन्धकारमा
गगनमा नयाँ चन्द्र निस्कियो ।।

रहर मात्रले पारि पुग्छ को?
किन किनारमै पाउ रोकियो ?।।

ति अपराधि सम्मान थाप्दछन्
नियममा बस्यो घाँटि रेटियो ।।

खुसि थियो 'अनुज्' या थियो दु:खि
बनि रहस्य नै आयु सिद्धियो ।।