गजल


 भूपेन्द्र महत, कोलोराडो


स्वाभिमानलाई बन्धकी राखी हाँस्न लाज भो
आत्मसम्मान यो उधारोमा टाँस्न लाज भो

बेसुरा लौ कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गाँस्न लाज भो

आफ्नै महाभारत, आफ्नै योद्धा, को जित्यो हार्यो को
जालझेलको यो बिजय डांक बास्न लाज भो

प्रदुषित नैतिकता भित्र के जन्मिएला सोच
बिकृतिको सगर जो नसकी भास्न लाज भो

खुकुरीको डोब अझै ताजै होला गोर्खालीको
पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो