गजल



भुपेन्द्र महत
कोलोराडो, अमेरिका

लडाएर हाँस्छन यहाँ कोही घात गरी
गिजलेर फाल्छन कोही बासी भात सरी
 
जीवनको ओसमा पनि घाम पोत्छु भन्थे 
फर्किएर अतित आज बगे रात भरी
 
झुन्डिएको थियो आशा आँधीमा परेछ कि
उजाडीई  रोईराछ बसन्त नि पात झरी
 
रङगी बिरङगी जती कांच थपे पनि
दिन्न शोभा चुक्किएको चुराले हात भरी
 
'वाका'लाई जसले मनमा साँचेको थियो 
छेपारो झै रङग फेर्यो तेसैले सात थरी