गजल
 


भुपेन्द्र महत
कोलोराडो, अमेरिका

नशाले छुन छाडे रसिला ओठ चुम्न देउ
बैशको माद पिएर एकचोटि झुम्न देउ

स्वर्गै भए नी चाहिएन अबलाई भइगो
त्यहि नयनको परिधि भित्र घुम्न देउ

नजरको वाण चले देखी घाइते भाको'छु
धपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ

कामदेवका ताँती लाग्लान तिमीलाई खिच्न
सुरक्षाको लागि लौ पहरे भई रुङ्न देउ

दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने
पेट्रोल पठाउने छु दिल सम्म पुग्न देउ