गजल


बसन्त मोहन अधिकारी
चितवन

खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो
खारा बारा त्यै घटना आज राजपुरमा छायो

बैनी रुन्छिन् मझेरीमा भाउजु चौकी भित्र
यस्ता पापि शत्रुसंग कसले मित लायो -

छाती भित्र मुटु भए थोरै कतै सोची देउन
वीर  नेपाली तिमीलाई आज कसले दायो -

कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नु
यो आमाको देह लुट्न पापि राक्षस धायो ।

भोका रैछन् दाजुहरु खाना खान लडीराछन्
नामर्द यि छोरा हुँदा हेर देह लुट्न पायो