गजल

वसन्त विवश आचार्य
तुलसीपुर, दाङ्ग


फुल छैन राम्रो जुन छैन राम्रो
बोल प्रिया बाँसुरीको धुन छैन राम्रो

हाँस्दा राम्री, बोल्दा राम्री लजाउदा झनै राम्री
सबै राम्रो प्रिया तिम्रो कुन छैन राम्रो

जति हेर्यो हेरु लाग्ने तिम्रो रुपको
सही फैसला गर्ने कानुन छैन राम्रो

अन्धकारमा ज्योति वन्छ तिम्रो रुपको टलक
तिमी राम्री नम्वरी त्यो सुन छैन राम्रो