गजल



वैकुण्ठ ढकाल
दामन, मकवानपुर


तिम्रो नयाँ बिहानीले मेरो भागमा रात पर्यो
भूल भयो माया गर्न मेरो हातमा घात पर्यो

सामथ्र्य नै छैन मेरो उपहार तिम्रो निम्ति
तिम्रो हातमा फूलै फूल मलाई काँडा पात पर्यो

तिम्रो चाहना नोकर चाकर परिकार थरीथरी
यता मेरो चिसो चुल्हो ताप्केसंग बात पर्यो

तिम्रो सपना हिरा मोती सुनचाँदी छरीबरी
सिटामोल किन्दा मेरो छडिमाथि हात पर्यो