गजल


अनुकुल प्रकाश
चितवन
plz_welcome077@yahoocom

भुलेरपनि मेरो याद नगर ,
अनमोल समय बर्वाद नगर ।

गलेर ढल्दैछन मनका आली ,
हरघडी गर्जेर वर्षा'द' नगर ।

धोका दिनुनै नियत रैछ ,
बुझिसकें भो विवाद नगर ।

पत्झड जीवननै आदत मेरो ,
फर्केर कतै अवाद नगर ।

हरचोक गल्लिमा हाम्रो सम्बन्धको
विन्ती गलत अनुवाद नगर ।