गजल

अनुकुल प्रकाश
चितवन


हातमा 'मेनु' लिई घुम्ने वजारका साहूहरू
लिलामिमै तय गर्छन् मायाका दर-भाउहरु!!

तिम्रा,मेरा खेल सम्झी अतितलाई निहार्दैछु
जानि-जानी हारे रैछु तिमी सँग दाउहरु !!

न सक्छु म हाँस्न यहाँ मन्मा पिडा छोपी साथी
भै-गो नसोध मुटुभित्र के कती छन् घाउहरु !!

जीवन व्रीत्त पुरा गर्न अघी बढ्न खोज्छु सधैं
नियतिले अनायासै रोकिदिन्छन पाउहरु !!

जीइदिन्छु पिएर नै बाँकी जीवन तिम्रा तस्विर
कुरा काट्लान् वौलायो'अनु'भनी घरगाउँहरु !!


plz_welcome077@yahoo.com